सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिले सम्मकै उच्च

लोकपथ
1.2k
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो । केही समयअघि मात्रै सुनको मूल्य १ लाख १० हजार पुगेर रेर्कड राखेको थियो ।

मंगलबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?