जर्मन कप फुटबलबाट बाहिरियो बायर्न

लोकपथ
286
Shares

काठमाडौं । बायर्न म्युनिख जर्मन कप फुटबलबाट बाहिरिएको छ । मंगलबार राति भएको खेलमा फ्रेइबर्गसँग २-१ ले पराजित हुँदै बायर्न जर्मन कपको क्वाटरफाइनलबाट बाहिरिएको हो ।

खेलको १९ औं मिनेटमा डायोट उपमिकानोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २७ औं मिनेटमा निकोलस होफ्लरले गोल गर्दै फ्रेइबर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ९० औं मिनेटमा लुकास होलरले पेनाल्टीमार्फत गोल गर्दै फ्रेइबर्गलाई २-१ को जित दिलाए । यो हारसँगै २० पटक च्याम्पियन बनिसकेको बायर्नको यसपटक उपाधि चुम्ने सपनामा पुर्णविराम लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?