२०२५ को महिला युरोकप स्विट्जरल्यान्डमा आयोजना हुने

लोकपथ
156
Shares

काठमाडौं । सन् २०२५ को महिला युरोकप स्विट्जरल्यान्डमा आयोजना हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले आगामी संस्करणको महिला युरोकप स्विट्जरल्यान्डमा आयोजना हुने बताएको हो ।

महिला युरोकप आयोजनाका लागि पोल्याण्ड, फ्रान्स तथा डेनमार्क, स्विडेन, फिनल्याण्ड र नर्वेले संयुक्त दाबी पेश गरेकोका थिए ।

युरोकप आयोजनाको जिम्मा पाएपछि स्विट्जरल्यान्ड युरोकप २०२५ मा सिधै छनोट भएको छ । युरोकप २०२५ को जुन र जुलाईमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?