नेपाल र भियतनाम भिड्दै

लोकपथ
403
Shares

काठमाडौं । नेपालले आज बुधबार भियतनामसँग भिड्दै छ । पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग भिड्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।

फिफा वरीयतामा भियतनाम नेपाल भन्दा माथि रहेको छ । फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ । नेपाल १०० औं स्थानमा रहेको छ ।

नेपाल भियतनामविरुद्ध जित हात पार्ने दाउमा रहेको छ भने भियतनाम पनि नेपाललाई पराजित गर्ने उदेश्य सहित मैदान उत्रने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?