नेविसंघ शंकरदेव क्याम्पसको इकाइ अध्यक्षमा विवेक लामा, यस्तो छ कार्यसमिति

लोकपथ
4.9k
Shares

काठमाडौं । काठमाडौंको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औँ क्याम्पस इकाइ अधिवेशन सम्पन्न गरेको छ ।

मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । नेविसंघको केन्द्रीय प्रतिनिधि शालिकराम अधिकारीको सभापतित्वमा घिसिङको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

उपाध्यक्षहरुमा देब बस्नेत, गणेश वहादुर शाही, कृष्ण थापा र अरुण केसी चयन भएका छन् । भने सचिवमा विजेश खड्का चयन भएका छन् । त्यसैगरी सह–सचीव ः नितेश जैशी, ममता लमसाल, सुरेन्द्र जाग्री, सन्तोष कार्की, अनिल शाही, छत्र रावल, अशोक मगर, सरिता पौडेल, असीम सुवेदी र नारायण सुवेदी रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मनिषा रानाभाट चयन भएकी छिन् ।

त्यस्तै सदस्यहरुमा नमिन्द्रा भट्टराई, एलिसा रिजाल कार्की, टिका रिजाल, विनोद शाही ठकुरी, पंकज कोइराला, कर्तव्य वस्नेत, एलिस विक्रम शाही, राजेन्द्र जोशी, मन्जित तामाङ, निरज काफ्ले, दिपक विष्ट, अमोद भट्ट, भुवन भट्ट, केशव जोशी, हेमन्त न्यौपाने, विपुल अधिकारी, पुष्प कुँवर, सन्तोष तिवारी, प्रशान्त गौतम, निरज शाही, ऋषी आचार्य, सागर श्रेष्ठ लगायत रहेका छन् ।

सफलतापूर्वक क्याम्पस अधिवेशन सम्पन्न भएको भन्दै विद्यार्थी आन्दोलन थप चलायमान हुने शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेतले जानकारी दिए । भर्खरै स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न हुँदा त्यसले ठूलो हौसला दिएको भन्दै विद्यार्थी नेताको अबको जिम्मेवारी शैक्षिक मुद्दाहरु उठाउनुपर्ने रहेको बताए ।

‘हामीले भर्खरै स्ववियु निर्वाचन सम्पन्न गरेका छाैँ । त्यसको लगत्तै देशकै अग्रणी क्याम्पसमा सर्वसम्मत रुपमा इकाइ अधिवेशन समेत सम्पन्न गर्न सफल भयौँ । अबको विद्यार्थी नेताको थप जिम्मेवारी शैक्षिक मुद्दा उठाउनका लागी हुनुपर्छ ।’ बस्नेतले भने ।

त्यस्तै अबका दिनमा विद्यार्थी राजनीतिले नयाँ उचाइ लिने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?