तनहुँ–१ मा स्वर्णिमको चुनावी तयारी तीव्र, थाले आर्थिक संकलन

लोकपथ
143
Shares

तनहुँ । १० वैशाखमा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नं १ को उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेले चुनावी प्रचारप्रसार थालेका छन् ।

सोमबार उम्मेवारी मनोनयनसँगै वाग्लेले आफ्नो तयारीलाई तीव्र बनाएका छन् ।

सो क्रममा वाग्लेले आर्थिक सहयोग संकलनका लागि बैंक खाता सार्वजनिक गरेका छन् ।

वाग्लेले सामाजिक सञ्जालमा लेख्दै धेरै शुभचिन्तकले आर्थिक सहयोग गर्ने इच्छा व्यक्त गरेको भन्दै सानिमा विकास बैंकको खाता सार्वजनिक गरेका छन् । 909010010000351 नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताएका छन् ।

साथै निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ३१ लाख भन्दा बढी रकम भएमा त्यसको पूर्ण विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भनेका छन्, ‘तनहुँ-१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?