हर्क साङपाङसँगको भेटपछि बालेनले भने- ‘विकाशको बाटो कसैले छेक्न नसकोस्’

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्क साङ्पाङबीच पहिलोपटक औपचारिक भेट भएको छ ।

मंगलबार मेयरद्वय शाह र साङ्पाङबीच काठमाडौं महानगरपालिकाको कार्यालयमा भेटघाट भएको हो ।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र बाट निर्वाचित दुवैको सामाजिक सञ्जालदेखि आम सर्वसाधारणले समेत चर्चा हुने गरेका छन् ।

त्यसो त यसअघि काठमाडौं आएका साङ्पाङलाई बालेनले भेट्ने समय नदिएको भन्दै आलोचना भएको थियो ।

भेटघाटपटि दुवै मेयरले आफूहरुको भेट भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन् । भेटबारे जानकारी दिँदै काठमाडौंका मेयर शाहले सिलाम साक्माले मृत्युको बाटो छेकेझैँ नेपालमा विकासको बाटो छेक्न कसैले नसकोस् भन्दै तस्बिर पोस्ट गरेका छन् । साथै एक अर्काले सिलाम साक्मा लगाइदिएका छन् । लिम्बूहरुले मृत्युको बाटो छेक्ने भन्दै कार्यक्रममा सिलाम साक्मा लगाउने प्रचलन रहेको छ ।
‘सिलाम साक्माले मृत्युको बाटो छेकेझै , नेपालमा बिकाशको बाटो कसैले छेक्न नसकोस ।’ उनले भनेका छन् ।

त्यस्तै मेयर साङ्पाङले पनि सामाजिक सञ्जालमा लेख्दै शाहसँग पहिलो भेट भएको र रमाइलो कुराकानी भएको जानकारी दिएका छन् ।

‘आज बालेन शाह ज्यु सङ्ग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?