मुख्यमन्त्री पौडेलको राजनीतिक सल्लाहकारमा थपलिया

चितवन । प्रदेश नं. ३ को मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा जगन्नाथ थपलिया नियुक्त भएका छन् । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता थपलियालाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । 
 
थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य हुन् । तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष थपलियाले अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजक, जिल्ला विकास समिति चितवनको उपसभापति रहेर पार्टीमा योगदान पु-याएका छन् । 

खैरहनी नगरपालिका वडा नं ८ निवासी थपलियाले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखका रुपमा रहेर काम गरिसकेका छन् । सल्लाहकार नियुक्त भएपछि उनले प्रदेश नं ३ लाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन सहयोगी बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?