काठमाडौं । वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताबारे प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आज छलफल हुँदैछ ।
शुक्रवार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विमान खरिदमा भएको अनियमितता सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले पेश गरेको प्रतिवेदनमाथि छलफल हुँदैछ ।
बैठकमा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिएका थिए ।
गत बुधवारको बैठकमा उपसमितिले चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर सहितको प्रतिवेदन सभापति भरतकुमार साहलाई बुझाएको थियो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको सो उपसमितिको प्रतिवेदनमा वहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा पूर्व मन्त्री र सचिवलाई पनि कारवाही गर्नुपर्ने उल्लेख छ ।
लेखा समितिको आज बस्ने पूर्ण बैठकले सो प्रतिवेदन स्वीकार गर्ने नगर्ने निर्णय समेत गर्नेछ ।
त्यस्तै वाइडबडी खरिदबारे अध्ययन गर्न सरकारले बिहीवार (हिजो) छुट्टै समिति गठन गरेको छ ।
यसैगरी संसदकै अर्को अन्तर्राष्ट्रिय समितिले पनि खरिदबारे अध्ययन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया