अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता

लोकपथ
143
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । महत र अधिकारीबीच अर्थमन्त्रालयमा भेट भएको अर्थमन्त्रीको सचिवालयका एक सदस्यले लोकपथलाई जानकारी दिए ।

अर्थमन्त्री र गर्भनरका बीचमा पछिल्लो समय बढ्दै गएको आर्थिक संकट र यसबाट मुलुकलाई कसरी जोगाउन सकिन्छ भन्नेबारे छलफल चलेको ती सदस्यले बताए ।

सार्वजनिक रुपमा अहिलेको आर्थिक निरासालाई आशामा बदल्न राष्ट्र बैंक र सरकारबीच कसरी समन्वय गर्न सकिन्छ भन्ने बारे पनि छलफल भएको छ ।

पछिल्लो समय अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध बिग्रिँदा आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल हुन सकेन । जसले अर्थतन्त्रमा थप समस्याहरु देखिएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीचको तिक्त सम्बन्धका कारण चालू पुँजी कर्जा, ब्याजदरलगायतका विषयले समस्या थप बल्झिएको थियो ।

त्यही कारण नवनियुक्त अर्थमन्त्री महतले गभर्नर अधिकारीसँग मिलेर जाने सन्देश दिन खोजेको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?