प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

जनकपुर । प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते मनाइँने मकर संक्रान्ति र ५ गते बदिलानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारले बिदा कटौती गरेसँगै प्रदेश २ सरकारले भने यसपटक माघीसागै बलिदानी दिवसका दिन पनि बिदा दिने निर्णय गरेको हो । 

अघिल्लो वर्षहरुमा माघ १ गते सार्वजनिक बिदा दिने गरिएको भएपनि यस वर्षबाट सरकारले बिदा कटौती भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?