‘मुद्दा लाग्नु ठूलो कुरा होइन, षडयन्त्र किन गरियो भन्ने प्रमुख कुरा हो’

लोकपथ
143
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि षडयन्त्र गरेर मुद्दा लगाइएको टिप्पणी गरेका छन् ।

चितवन क्षेत्र नं २ का उम्मेदवार समेत रहेका लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
मुद्दा लाग्नु ठूलो कुरा नभइ षडयन्त्र मुख्य कुरा रहेको बताए ।

‘मुद्दा लाग्नु ठूलो कुरा होइन, षडयन्त्र ठूलो कुरा हो ।’ लामिछानेले भने, ‘ न्याय मुर्तिहरुले मलाई न्याय दिनुहुन्छ भन्ने विश्वास छ।’

त्यस्तै आफूहरुको जित केवल जितको लागि मात्रै नभइ देशको शासन व्यवस्था कसरी चलाउने भन्ने देखाउने बताए ।
‘सिंहदरबार कसरी चलाउनुपर्छ भन्ने देखाउनुछ । त्यस कारण हामीले जित्नुपर्नेछ । मेरो शिर चानचुने होइन, बाआमाले आशिर्वाद दिएको शिर हो ।’ लामिछानेले भने ।

आफूहरु सरकारमा जानु र नजानुको आधारमा मात्रै परीक्षण गर्न नहुने बताए । साथै आफूसहित उपनिर्वाचनमा आफूसहित ३ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरुले जित्ने विश्वास समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?