नेताहरू राजनीतिमा तीनतिर, खाईपाईमा एकैतिर : पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडि काण्ड लुकाउनका लागि छानविन समिति बनाएको आरोप लगाएका छन् ।

तनहुँको दुलेषौडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न लागेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीले लेखा समिति अन्तर्गतको उपसमितिको अपमान गरेको समेत बताए ।उनले राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूलाठूला काण्डमासँगै हुने त हाईनन् भनी शंका व्यक्त गरे ।

पौडेलले महासमिति पछि देशभर पार्टी एक भएको सन्देश गएको बेलामा फेरि पार्टीमा लफडाको तयारीमा लागेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?