काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीको शपथ ग्रहणलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भने उनले लिएको शपथको बचाउ गरेका छन् ।
बिहीवार भट्टराईले सामाजिक सञ्जाल ट्वीट गर्दै, शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायतकालमा रामराजालाई नगराए जस्तै हैन र ? भनेर प्रश्न गरेका थिए ।
‘रेशम चौधरीबारे विवाद विडम्वनापूर्ण ! टीकापुरमा मान्छे मर्नु दुःखद छ । तर, त्यसमा रेशम र अरु २६ जनाको संलग्नता पुष्टी भएको छैन ! शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पञ्चायताकालमा रामराजालाई नगराए जस्तै हैन र ? कांग्रेस–कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने, थारुका चाहिँ अपराध ?’ भन्दै भट्टराईले प्रश्न गरेका हुन् ।
चौधरी कैलाली क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया