काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार तीन निर्वाचन क्षेत्रमा गरी कुल ६९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका अनुसार चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनपत्र दर्ता गराएका थिए । जसअनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ जना उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उपनिर्वाचन वैशाख १० गते आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया