काठमाडौं । आज बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्ने भएका छन् ।
शुक्रवार मध्यान्ह १ बजे नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लगोका हुन् ।
त्यस्तै बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् भने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया