बारा–२ मा उपेन्द्रले दर्ता गराए उम्मेदवारी

लोकपथ
42
Shares

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

केही बेरअघि यादवले निर्वाचन कार्यालयमा पुगेर उम्मेवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपेन्द्र यसअघि मंसिरको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका थिए । रामसहाय उपराष्ट्रपति भएसँगै सो क्षेत्रमा उपेन्द्रले बाजी मार्न लागेका हुन् ।

सो क्षेत्रमा नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?