‘५ वर्ष काम गर्छौँ, परिणाम दिन नसके जनताले दण्डित गर्नेछन्’

लोकपथ
364
Shares

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ५ वर्ष काम गर्न नसके जनताले दण्डित गर्ने टिप्पणी गरेका छन् ।

सोमबार तनहँु क्षेत्र नं १ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्तापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

वर्तमान गठबन्धन ५ वर्षनै टिक्नेगरी मंसिरको चुनावमा गए पनि पुस १० गते केही गल्तीहरु स्वीकार भएको स्वीकार गरे । त्यस्तै राष्ट्रपति निर्वाचनले पुनः सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याएको भन्दै अबको ५ वर्ष काम गर्न नसके जनताले दण्डित गर्ने र त्यसको भागीदार हुन आफूहरु तयार रहेको बताए ।

‘पुुस १० गते हामीबाट गल्ती भएको हो ।’ महामन्त्री थापाले भने, ‘५ वर्ष काम गर्ने परिणाम दिने नसके जनताबाट जनताबाट दण्डित गर्नेछन्, दण्डित हुन हामी तयार रहनुपर्छ ।’

विशेष परिस्थितीले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको बताउँदै महामन्त्री थापाले पार्टीले भट्टराई जस्तो योग्य उम्मेदवारलाई पठाएको दाबी समेत गरे ।

नेविसंघको अध्यक्ष भएर संयुक्त विद्यार्थी आन्दोलनको जग हाल्ने काम भट्टराईले गरेको भन्दै प्रशंसा गरे ।

सो क्षेत्रबाट निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका भन्दै तनहुँले जिताएको मान्छेहरुलाई सर्वोच्च पदमा पुग्न सक्ने जिकिर गरे ।

सोही जिल्लाबाट निर्वाचिन शंकर भण्डारी र निर्वाचत भएर जाने भट्टराई मन्त्री हुनसक्ने दाबी गर्दै उनले भने, ‘शंकर भण्डारी नेपालको झण्डा फरफराएको गाडीमा यहाँ आए कुनै अचम्म नमान्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?