१७ मङ्सिर २०७९, शनिवार

नगदसहित तीन कर्मचारी पक्राउ

२०७४,कार्तिक,६,सोमवार १५:२५

0
Shares

 इटहरी, ६ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको छ ।अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको जानकारी दिएको छ ।सुनसरी बराह नगरपालिकाको बराह क्षेत्रका सेवाग्राहीले शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसँग रु २० हजार माग गरेपछि उनले अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति फरक पर्दा भविष्यमा अप्ठ्यारो पर्ने भन्दै तिहारअगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीसँग रु २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई घूस लिएको रकमसहित पक्राउ गरिएको टोलीमा खटिनुभएका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।पक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । उनीहरुलाई भोलि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइने र प्रक्रियाअनुरुप कारबाही अगाडि बढाइने उहाँले थप जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८
उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२