राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रियसभा अध्यक्ष पुगे शिक्षण अस्पताल

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष तिमिल्सिना आज साेमबार शिक्षण अस्पताल पुगेका हुन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका थिए ।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?