काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार नउठाउने भएका छन् ।
एकीकृत समाजवादी पार्टीले तनहुँ-१ र चितवन-२ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारा-२ मा जसपा उम्मेदवारलाई सघाउने भएको छ ।
त्यस्तै, चितवन २ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई, तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई र बारा-२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया