रवि लामिछानेले बिहान १० बजे मनोनयन दर्ता गराउँदै

लोकपथ
49
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ मा आफ्नो मनोनयन दर्ता गराएर तनहुँ जाने भएका छन् । तनहुँ २ मा पनि हुने उपनिर्वाचन अन्तरगत पार्टी उम्मेदवार स्वर्णिम वाग्लेको मनोनयन दर्ताका लागि उनी तनहुँ जान लागेका हुन् ।
वैशाख १० को उपनिर्वाचन अन्तरगत आज लामिछानेले १० बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनेछन् ।

त्यसअघि बिहान ९ बजे भरतपुर महानगर–११ स्थित विशाल चोकको पार्टी वडा कार्यालयमा नेता कार्यकर्ता भेला भएर १० बजे मनोनयन दर्ता गराउने तालिका रहेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
त्यसपछि २ बजे सभापति तनहुँको दमौलीमा पुगेर वाग्लेको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?