बारा–२ मा लोसपाले पनि उपेन्द्रलाई सघाउने, पछि हटे राजेन्द्र

लोकपथ
221
Shares

काठमाडौं । बारा–२ मा हुने उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले जसपाका अध्यक्ष उपेन्द्र महतोलाई सघाउने भएको छ । यसअघि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उम्मेदवारी दिने चर्चा चलेपनि अन्ततः उनले यादवलाई समर्थन गर्ने भएका हुन् ।

गठबन्धनले यादवलाई साझा उम्मेदवार बनाउने भएपछि आफूले पनि समर्थन गरेको महतोले लोकपथलाई जानकारी दिए । ‘पार्टीले गठबन्धनमा रहेर समर्थन गरेपछि मैले नगर्ने करै भएन,’ उनले भने, ‘अब मेरो पनि पूर्ण समर्थन रहन्छ ।’

आफूले समर्थन गरेपछि उपेन्द्रलाई जित निकाल्न अझै सहज भएको उनी बताउँछन् । ‘अब गठबन्धनले नै बारामा चुनाव जित्छ,’ उनले भने, ‘म नै बलियो उम्मेदवार थिएँ अब मैले नै उम्मेदवारी नदिने भएपछि उपेन्द्र जी बारा नगएपनि चुनाव जित्नुहुन्छ ।’

बाराको उपनिर्वाचनमा उपेन्द्रको प्रतिस्पर्धीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् । भने, एमालेले हालसम्म उम्मेदवार टुंगो लगाएको छैन ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै आगामी वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?