२० मङ्सिर २०८०, बुधबार

नगदसहित तीन कर्मचारी पक्राउ

२०७४,कार्तिक,६,सोमवार १५:२५

0
Shares

 इटहरी, ६ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले धरानमा रहेको इलाका प्रशासन कार्यालयका तीनजना कर्मचारीलाई रु २० हजार नगदसहित आज पक्राउ गरेको छ ।अख्तियारको टोलीले इलाका प्रकाशन कार्यालयमा कार्यरत नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको जानकारी दिएको छ ।सुनसरी बराह नगरपालिकाको बराह क्षेत्रका सेवाग्राहीले शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्ममिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसँग रु २० हजार माग गरेपछि उनले अख्तियारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्रहरी नायब उपरीक्षक रिजाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।शैक्षिक प्रमाणपत्र र नागरिकताको जन्ममिति फरक पर्दा भविष्यमा अप्ठ्यारो पर्ने भन्दै तिहारअगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीसँग रु २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई घूस लिएको रकमसहित पक्राउ गरिएको टोलीमा खटिनुभएका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।पक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो । उनीहरुलाई भोलि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइने र प्रक्रियाअनुरुप कारबाही अगाडि बढाइने उहाँले थप जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार १५:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार