बहुमतले पारित भयो प्रतिनिधि सभा नियमावली २०७९

लोकपथ
105
Shares

काठमाडौं । संसदबाट प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा उक्त नियमावली बहुमतले पारित भएको हो ।

सत्ता पक्ष र प्रतिपक्ष सांसदहरुको समर्थन रहेको थियो । उक्त नियमावली पारित गर्ने क्रममा नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवाल मात्रै त्यसको विपक्षमा रहेका थिए ।म

नियमावली पारित गर्नुअघि नियमावली मस्यौदा समितिका सभापति चित्र बहादुर केसीको तर्फबाट रमेश लेखकले सो मस्यौदा समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

चैत २३ गते बिहिबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?