काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय अस्वीकार गरेका छन् ।
तनहुँमा आजोजित नेपाली कांग्रेस स्वतन्त्र अभियान नामक कार्यक्रममा बोल्दै कुरा बताएका हुन् ।
१०औँ हजार कार्यकर्ताको मतलाई वेवस्ता गर्दै चुनावको मुखमा कारबाही फुकुवा गरेर भ्रम छरिएको आरोप लगाए । त्यस्तै कांग्रेसले आफूसँग कुनै पनि सल्लाह नगरी गरेको निर्णय आफू मान्न तयार नभएको प्रस्टयाएका छन् ।
‘विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरुलाई जान्छ । १० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो ।’ उनले भने, ‘नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन।’
यसअघि वार्ता टोली गठन गरेर वार्ताको प्रयास गरे पनि अहिले एकलौटी ढंगले निर्णय गरेको भन्दै आफू त्यसलाई मान्न तयार नभएको बताए ।
आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जोशीसहित चितवनका विकास कोइरालालाई गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । २०७४ र गत मंसिरको निर्वाचनमा जोशीले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । यता नेपाली कांग्रेस चितवनका पूर्व सभापति समेत रहेका कोइरालाले २०७० को निर्वाचनमा शुसील कोइरालाविरुद्ध उम्मेदवारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया