उद्योग वाणिज्य महासंघका अध्यक्षसहितको प्रतिनिधिमण्डलसँग अर्थमन्त्रीको भेट

लोकपथ
104
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहित प्रतिनिधिमण्डलसँग भेटघाट गरेका छन् ।

आइतबार अर्थमन्त्रालय पुगेर महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोलीले अर्थमन्त्री महतसँग भेटेका हुन् ।

भेटमा वर्तमान अर्थतन्त्र र आर्थिक अवस्थाबारे छलफल भएको अर्थमन्त्री डा. महतले जानकारी दिए ।

‘निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसहितको प्रतिनिधि मण्डलसंग देशको आर्थिक अवस्थाको बारेमा छलफल ।’ अर्थमन्त्रीले महतले भने ।

त्यस्तै भेटमा व्यवसायीका समस्याहरुबारे समेत छलफल भएको थियो । भने अर्थमन्त्री महतले व्यवसायीहरुले भोग्दै आएका समस्याहरुको समाधानमा सरकारले चासोका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?