कान्छी सांसद डाँगीको प्रश्न : ‘सभामुख महोदय म बसिरहेको कुर्सी कुन देशबाट आएको हो ?’ (पूर्णपाठ)

लोकपथ
247
Shares

काठमाडौं । प्रतिनिधि सभाकी कान्छी सदस्य निशा डाँगीले उत्पादनमा जोड दिन सरकारलाई आग्रह गरेकी छिन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठको शुन्य समयमा बोल्दै सांसद डाँगीले बोल्दै चालू आर्थिक वर्षको हालसम्मको अवधीमा आयातको दरलाई उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले राज्यको नीति निर्माण गर्ने ठाउँमा समेत अन्य देशबाटै आयातित वस्तुहरु रहेको बताइन् । बस्ने कुर्सी, बोल्ने माइक विदेशबाटै आयात भएको भन्दै सिंहदरबार, बालुवाटार, शीतल निवास र संसदमा नेपाली वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ । प्रधानमन्त्री सभामुखको कुर्सी त्यो कुन देशबाट आयात भएको हो ? सभामुख मयोदय, सिंहदरबार, बालुवाटार, शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।

त्यस्तै आर्थिक वर्ष ७८–०७९ मा ट्वाइलेट पेपर र टुथपिक आयातमा मात्रै ४१ करोड बराबरको आयात भएको उल्लेख गरिन् । साथै नेपालले मोबाइलदेखि कारसम्म र कृषिप्रदान देश भएर पनि चामल आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको निराकरण र अन्त्य गर्न जोड दिइन् ।

 

यस्तो छ सम्बोधनको पूर्णपाठ

सभामुख मयोदय आर्थिक वर्ष २०७८–०७९ मा ८८ हजार केजी बराबरको टुथपिक र २६ लाख केजी बराबरको ट्वाइलेट पेपर भित्रिएको छ । टुथपिक र ट्वाइलेट पेपरका लागि करिबकरिब ४१ करोड बराबरको खर्च बाहिरिएको छ । यी उदाहरण मात्रै हुन् ।

टुथपेस्टदेखि सेस्पूसम्म, मोबाइलेदखि कारसम्म । हुँदाहुँदा चालमसम्म आयात । उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएका छन् । ती कुराहरु अंकमा किन लागू भएन ? समीक्षा गरी आंशिक सुधार हुनेगरी छलफल चलाउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।

म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ । प्रधानमन्त्री सभामुखको कुर्सी त्यो कुन देशबाट आयात भएको हो ? सभामुख मयोदय, सिंहदरबार, बालुवाटार, शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ । यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन चाहान्छु धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?