खेलकुद मानवीय जीवनको महत्वपूर्ण अंग हो : अध्यक्ष नेपाल

लोकपथ
49
Shares

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खेलकुद क्षेत्र मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद (२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए ।

उनले भने, “खेलकुद मानवीय जीवनको महत्वपूर्ण अंग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देशविदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ।” उनले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिए ।

प्रतियोगिता यही चैत २३ गतेसम्म सञ्चालन रहने छ । प्रतियोगिताबाट कराते, तेक्वान्दो, एथलेष्टिक , बक्सिङ, आइटीएफ तेक्वान्दो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, पौडी लगायतका खेलका उत्कृष्ट खेलाडी छनोट गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?