गोविन्दराज जोशी र विकास कोइरालाको कारबाही फुकुवा

लोकपथ
975
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनलाई लक्षित गरेर ३ निर्वाचन क्षेत्रबाट कारबाहीमा परेकाहरुको कारबाही फुकुवा गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

जसमा पार्टीका पूर्वसहमहामन्त्री गोविन्द्रराज भट्टराई र चितवन पूर्व जिल्ला सभापति विकास कोइराला रहेका छन् ।

तनहुँका जोशीले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका कारण पार्टीले कारबाही गरेको थियो । भने कोइरालाले तत्कालिन चितवन क्षेत्र नं ४ मा ०७० को निर्वाचनमा शुसील कोइराला विरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

बैठकले ०७९ भन्दा अघि कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

उपनिर्वाचन हुने तीन मध्ये २ क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेका छन् । तनहुँ १ मा कांग्रेसबाट गोविन्द भट्टराई र चितवन २ बाट जीतनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् । पार्टीका उम्मेदवारलाई असर पर्ने भन्दै कांग्रेसले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै २०७९ को निर्वाचनबाट कारबाहीमा परेकाहरुलाई भने निर्वाचनको सक्रियताको आधारमा कारबाही गर्ने वा नगर्ने निर्णय हुने पार्टी सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?