कांग्रेस बैठक : बारा–२ मा जसपालाई सघाउनेदेखि कारबाही फुकुवा गर्नेसम्मका निर्णय

लोकपथ
455
Shares

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न निर्वाचनमा कारबाहीमा परेका नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकदले ०७९ भन्दा अघिका निर्वाचनमा अनुशासन उल्लंघन गर्ने नेताहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

१० वैशाखमा हुने उपनिर्वाचन हुन लागेको बारा, तनहुँ र चिवतनको हकमा त्यो निर्णय लागू हुने सहमहामन्त्री बद्री पाण्डले जानकारी दिए ।

त्यस्तै ०७९ को निर्वाचनका सन्दर्भमा कारबाहीमा पर्नेहरुको हकमा भने निर्वाचनको सक्रियताका आधारमा कारबाही गर्ने वा नगर्ने निर्णय गर्ने उनले जानकारी दिए ।

‘अनुशासनको कारबाहीमा पर्नुभएका २०७९ को निर्वाचन भन्दा पहिला स्वतन्त्र उम्मेदवार भएका पार्टीको अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र तिन जिल्लाको हकमा अहिलेलाई पूरानै क्रियाशील सदस्यता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको गरेको छ ।’ बैठकपछि उनले भने, ‘अन्य २०७९ को निर्वाचनको हकमा उहाँहरुले निर्वाचनमा गर्ने कामका विषयमा उहाँहरुले गर्ने काम र सक्रिय पार्ने ।’

त्यस्तै आजको बैठकमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टी (जसपा) लाई सघाउने निर्णय गरेको छ । यसअघिको बैठकले उपनिर्वाचन हुने चितवन–२ र तनहुँ–१ को उम्मेदवार टुंग्याइसकेको छ ।

त्यस्तै बैठकमा पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुलाई बधाई दिने, राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गरेको समेत सहमहामन्त्री पाण्डलेले जानकारी दिए ।

अघिल्लो बैठकमा प्रस्तुत भएको कार्यालय सञ्चालनसम्बन्धी नियमावली र विनियमावलीका सन्दर्भमा प्राप्त सुझावलाई स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै पार्टीबाट सरकारमा सामेल हुन बाँकी अन्य ४ मन्त्रीको बारेमा कुनै छलफल नभएको उनले बताए ।

‘४ जना मन्त्रीहरुको विषयमा केही पनि छलफल भएन ।’ उनले भने ।

त्यस्तै पार्टी पदाधिकारीहरुले पार्टी कार्यालयमा धर्नामा बसेका नेविसंघका नेताहरुको मागका विषयमा समेत छलफल भएको छ । पार्टी बैठकमा भन्दा पनि २ महामन्त्रीसहित पदाधिकारीहरुले सो विषयमा छलफल गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?