कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, आज पनि नेविसंघको अनसन

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ ।

बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक जारी रहेको छ । बैठकले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीलाई सघाउने निर्णय गरेको छ । त्यस्तै यसअघि बिहीबार बसेको बैठकले चितवन २ मा जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

आजको बैठकमा उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । साथै सरकारमा थप मन्त्री पठाउनेबारेमा समेत छलफल हुनेछ ।

भित्र नेताहरुको छलफल जारी रहँदा बाहिर नेविसंघको असन्तुष्ट पक्षले अनसन बसेको छ । शनिबारबाट शुरु भएको अनसन आज पनि जारी रहेको छ ।

नेविसंघको असन्तुष्ट पक्षले अध्यक्ष दुजाङ शेर्पाको राजीनामा मागसहित १२औँ महाधिवेशनको मागसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?