काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य बनेकी मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
सांसद अन्सारीले आइतबार सिंहदरबारमा आयोजित एक समारोहकाबीच सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।
गत निर्वाचनमा सांसद बनेकी सहनाज रहमानको निधनपछि उनी सांसद बनेकी हुन् । उनी समानुपातिको बन्दसूचीको पहिलो नम्बरमा रहेकी थिइन् ।
रहमानको निधनपछि जसपाले अन्सारीलाई सांसद बनाउन आयोगमा निवेदन दिएको थियो । आयोगले
समानुपातिक कोटामा सांसद बनेकी सहनाज रहमानको निधन भएपछि बन्दसूचीको दोस्रो नम्बरमा रहेकी अन्सारीलाई सांसद बनाउन निर्वाचन आयोगलाई सिफारिस गरेको थियो । आयोगले अन्सारीलाई समानुपातिबाट सांसद बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया