रेशम चौधरीको शपथ ग्रहण प्रति नेपाल मानव अधिकारको ध्यानाकर्षण (विज्ञप्तिसहित)

काठमाडौं । रेशम चौधरीलाई गराइएको शपथ ग्रहण प्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाएको छ । 

कैलालीको टिकापुरमा नावालकसहित ७ जना सुरक्षाकर्मीको निर्मम हत्या भएको घटनाको आरोपी रेशम चौधरीलाई संसद सदस्यको शपथ गराईको प्रति नेपाल मानव अधिकार संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

‘कैलाली जिल्लाको टिकापुरमा नावालकसहित ७ जना सुरक्षाकर्मीको निर्मम हत्या भएको घटनाको आरोपित मध्येका एक कैलाली जिल्लाबाट संघीय संसदकालागि निर्वाचित रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा रही कानूनतः निलम्वित रहेको अवस्थामा आज संसद सदस्यको शपथ खुवाउनु प्रति नेपाल मानव अधिकार संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?