काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारमा जाने नजाने भन्ने निर्णय उपनिर्वाचन पछि मात्र हुने बताएका छन् ।
१० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।‘भ्रष्टाचारीलाई समाउँछौं नै भन्दैन भने त्यस्तो सरकारमा हामी जान सक्दैनौं ।’ उनले भने ।
उपचुनाव सकिँदासम्म सरकारको न्यूनमत साझा कार्यक्रम कार्यक्रम आउने र चुनावपछि बसेर निर्णय लिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया