काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले पार्टीहरुमा कुशासन बढेको तर्क गरेका छन् ।
रास्वपाले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले पुराना पार्टीहरुमा टिकटको किनबेचका कारण कुशासन बढेको तर्क गरेका हुन् ।
त्यस्तै उनले नेपालमा पाँच-पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको टिप्पणी गरेका छन् । ‘हामी पाँच(पाँच वर्षमा कर्मकाण्डी चुनाव नै लोकतन्त्र भनिरहेका छौं’, उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया