रेशम चौधरीले शपथ ग्रहण गरे, शपथपछि पुनः डिल्लीबजार कारागार लगिने

काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

बिहीवार दिउँसो ३ बजे सिंहदरबार पुगेका सांसद चौधरीलाई सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  

कृषि समितिको हलमा भएको शपथ ग्रहण कार्यक्रममा राजपाका नेताहरुका साथै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको उपस्थित थियो । 

टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा चौधरीले कैलाली क्षेत्र नं. १ बाट राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका तर्फबाट निर्वाचित भएका थिए । 

शपथपछि सांसल चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?