काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले तनहुँ– १ मा उम्मेदवार नबन्ने बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै ढकालले पार्टीका तर्फबाट उम्मेदवारका लागि गरिएको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।
ढकालले तनहुँ जिल्ला पार्टी र तनहुँ काठमाडौं सम्पर्क समन्वय समितिले उम्मेदवारका लागि गरेको सिफारिस अस्वीकार गरेका हुन् ।
उनले आफ्नो उमेर, शारीरिक अवस्था र आर्थिक परिस्थिति लगायतका कारण र अब उप्रान्त अभिावबकीय भूमिकामा रहने सोचाई भएकोले वैशाख १० गते हुने उपर्विाचनमा उम्मेदवार नहुने बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया