काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी शपथ ग्रहणका लागि सिंहदरबार आइपुगेका छन् ।
कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरी शपथ ग्रहणका लागि सिंहदरबार ल्याइएको हो ।
सभामुख कृष्णबहादुर महराको निजी सचिवालयमा सांसद चौधरीलाई पद तथा गोपनीयताको शपथ गराइने छ ।
शपथपछि सांसल चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया