शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण

काठमाडौँ, ६ कात्तिक- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छन् ।राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् ।व्यवस्थापिका–संसद्को बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?