काठमाडौं । कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरीलाई आज गराइन लागेको सपथग्रहण प्रति नेपाल तरुण दलले घोर भत्सना गरेको छ ।
वर्तमान कम्युनिष्ट सरकारले टीकापुर हत्याकाण्डका दोषी चौधरीलाई कानून विपरीत जेलबाट निकालेर सांसद पदको सपथ गराउने कार्यप्रति नेपाल तरुण दलले आपत्ति जनाएको हो ।
सहसचिव भुपेन्द्रै जंग शाहीद्वारा जारी विज्ञप्तिमा ‘वर्तमान कम्युनिष्ट सरकारले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई कानून विपरित जेलबाट निकालेर सांसद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानूनि शासनको ठाडो उल्लंघन गर्नुका साथै लोकतान्त्रिक मूल्य मान्यता विपरीत छ’ उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७२ भदौ ७ गते टीकापुरमा भएको निर्मम र बर्बरता पूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मान स्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानून राज्यका उपहास गरेको छ, साथै ‘सरकार यो अवैधानिक, निरङ्कुस, अमानवीय र अन्याय पूर्ण निर्णयको नेपाल तरुण दल घोर भ्रत्सना गर्दछ ।
आफ्नो सत्ता स्वार्थको नाममा हत्या गरिएका निर्दोष नागरिकका परिवारलाई थप पीडा दिने हर्कत नगर्न यो सरकारलाई नेपाल तरुण दल सचेत गराउन चाहन्छ’ विज्ञप्तिमा लेखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया