काठमाडौं । मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उमेद्वारमा निर्वाचित भएका सांसद राजिव गुरुङ (दिपक मनाङे) ले आफूलाई प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै निवेदन दिएका छन् ।
प्रदेश सदस्यको सपथग्रहण गराउन माग गर्दै दिपक मनाङेले गण्डकी प्रदेशको सभामुख कार्यालयमा निवेदन दिएका हुन् ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीका अनुसार सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि गुरुङले सभामुखको कार्यालयमा सपथग्रहण गराउन माग गर्दै निवेदन दिएका थिए । तर, उनलाई सपथ खुवाउने वा नखुवाउने भन्ने विषयमा निर्णय हुन नसकेको सभामुख अधिकारीले बताए ।
मनाङेले गत बिहीवार निवेदन दिएपछि शुक्रवार यसबारे छलफल गर्न संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर, बैठकमा सबै दलको प्रतिनिधित्व उपस्थिति नभएको नभएको भन्दै बैठकले औपचारिकता पाएन ।
पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय हुने भनी गरेको फैसलालाई गएको वैशाखमा सर्वोच्चले सदर गरेपछि मनाङबाट निर्वाचित मनाङे जेल गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया