मिटरब्याजको समस्या समाधान गरेरै छोड्छु : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
156
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

बालुवाटारमा आज मिटरब्याज पीडितसँगको छलफलको क्रममा उनले समस्याको समाधान जटिल रहेपनि समाधान गरेरै छोड्ने बताएका हुन् ।

‘अब ऐन बनाउने काम सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीन रुपमा नै यस समस्या समाधान गर्छु,’प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग भने ।

न्याय माग्दै मिटरब्याज पीडित आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई गुनासो सुनाएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?