१४ जेष्ठ २०८०, आईतवार

पदभार ग्रहण गर्दै गृहमन्त्री श्रेष्ठले भने–‘ चुरोट तमाखु, पान, सुपारी पनि खान्न’

२०७९,चैत्र,१७,शुक्रवार १८:१२

153
Shares

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेर आफ्नो लामो रामकहानी सुनाएका छन् ।

सो क्रममा उनले आफ्नो काम गर्ने तौरतरिका सुनाए भने धेरै जसो आफ्नो व्यक्तिगत आनीबानीका बारेमा समेत मन खोलेका थिए ।

सो क्रममा उनले आफू खाने नखाने चिजका बारेमा समेत जानकारी गराए । उनले आफूले ५ क्याटेगोरीका कुराहरु नखाने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भनेका थिए, ‘म पाँचवटा क्याटागोरीको चिज खान्न । माछामासु, चियाकफी खान्न । कोल्ड ड्रिङ्स पिउँदिन । रक्सी पिउँदिन । चुरोट तमाखु, पान, सुपारी पनि खान्न । ग्रिन टी कहिलेकाहीँ खान्छु । र, म घुस पनि खान्न ।’

साथै आफूले महंगो कुनै गिफ्ट समेत अस्वीकार गर्ने गरेको बताए । विदेशी एक निर्माण व्यवसायीेले दिएको उपहार फिर्ता गरेको प्रशंगमा उनले भने, ‘अस्ति एकजना विदेशी निर्माण व्यवसायी मेरो कार्यकक्षमा आउनुभयो । निर्माण व्यवसायीलाई भेट्ने सन्दर्भमा मेरा आफ्नै मान्यता थिए । म उनीहरुसँग बाहिर कतै पनि भेट्दिन थिएँ । र, कार्यकक्षमा पनि एक्लै भेट्दिन थिएँ । ती विदेशी निर्माण व्यवसायीले सानो उपहारको पोको पनि ल्याएका रहेछन् । उनले मतिर तेस्र्याए । मैले भने स्टप । आइ विल सी फस्र्ट । आइ डन्ट एक्सेप्ट कस्टली गिफ्ट भनेँ । खोलेर हेर्दा बिचराले एउटा सानो कप ल्याएको रहेछ । ओके आइ विल टेक दिस भनेर लिएँ । मायाले दिएको सानोतिनो चिज त किन फिर्ता गर्नु र होइन ? तर, म महंगो गिफ्ट चाहीँ लिन्न ।’

त्यस्तै गृहमन्त्री श्रेष्ठले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१७,शुक्रवार १८:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरेका छन् । शनिबार प्रतिनिधि सभाको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति नाथको जलहरीको विषयमा निवेदन परि छानबिन भइरहेको बताएका छन्। जलहरी प्रकरणमा प्रतिनिधि सभाको

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा शुरु भएको छैन । बैठक शनिबार दिउँसो ४ बजे बोलाइएको भएपनि समयमै शुरु हुन

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११