१३ जेष्ठ २०८०, शनिवार

ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल खेलाडीको घोषणा

२०७९,चैत्र,१७,शुक्रवार १७:३४

63
Shares

काठमाडौं । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ ।

नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् । त्यस्तै, डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ‘सी’मा परेको छ । यस समूहमा नेपाल र भियतनाम छन् । यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीमात्र सहभागी हुन लागेका हुन् ।

छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्ने छ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ । छनोटको शीर्षस्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१७,शुक्रवार १७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

काठमाडौं । राजधानीमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा भारतले उज्वेकिस्तानलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित

गण्डकी । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।

ताजा समाचार

दरबार हाइस्कुलमा शनिबार पनि पठनपाठन
 २०८०,जेष्ठ,१३,शनिवार १७:३३
नयाँ बानेश्वरमा कुटिए युवराज सफल
 २०८०,जेष्ठ,१३,शनिवार १६:२४
जलकुम्भी झारले ढाकियो ताल
 २०८०,जेष्ठ,१३,शनिवार १६:११