काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्।
एमाले जिल्ला अध्यक्षमा समेत रहेका न्यौपानेलाई एमाले जिल्ला कमिटीले एकल नाम सिफारिस गरेको हो ।
यसअघि मंसिरको निर्वाचनमा उनी एमालेबाट उम्मेदवार बने पनि स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेका थिए ।
चितवन–२ मा एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार बनेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेसँग पराजित भएका थिए ।
सो क्षेत्रमा उपनिर्वाचनमा कांग्रेसका तर्फबाट जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । भने स्वतन्त्र पार्टीबाट रवि लामिछाने नै उम्मेवार बन्ने तयारी गरेका छन् । तत्कालिन गृहमन्त्री समेत बनेका लामिछाने नागरिकता विवादमा पदबाट बाहिरिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।