सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सांसद रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने बताएका छन् । 

कैलाली क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद चौधरीलाई आज सपथग्रहण गराइदै छ ।  

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा बिहीवार ११ः३० बजे चौधरीलाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो । तर, विशेष कारण बस सपथ ग्रहणको कार्यक्रम सरेर आजै दिउँसो ३ बजेको लागि तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । संघीय समाज

वादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने बताए । 

‘यो राजनीतिक मुद्दा हो । राजनीतिक मुद्दामा थुनेर हुँदैन, राजनीतिक समझदारीबाट अगाडि बढ्नुपर्छ’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?