काठमाडौं । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
७ वटा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसको नेतृत्व गरेर सरकारमा गएका पूर्णबहादुर खड्काले सरकारको दोस्रो वरियता पाएका छन् । उनी उपप्रधानसहित रक्षामन्त्री बनेको हुन् । त्यस्तै तेस्रो वरियतामा उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पाएका छन् ।
त्यस्तै चौथोँ वरियतामा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. देवुराम भुसाल रहेका छन् ।
हाल १७ सदस्यीय मन्त्रिमण्डल बनेको छ । केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।
नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । भने केही मन्त्रीले कार्यभार समेत सम्मालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया