पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले भने– ‘बधाइ र शुभकामनामा भुल्दिन, काम गर्छु’

लोकपथ
208
Shares

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार दिउँसो शपथ ग्रहण गरेसँगै सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै आफूले अल्पकालिन, दीर्घकालिन र मध्यकालिन योजनाका साथ काम गर्ने बताए ।

त्यस्तै बजेट नआएसम्म आफू बधाई तथा शुभकामनामा नभुल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘बजेट भन्दा अगाडी बधाई तथा सम्मान कार्यक्रम कुनैमा पनि भाग लिन्न । काम गर्ने । अहिले काम गर्न सक्यौँ भने बधाइ र शुभकामनाका लागि योग्य हुन्छौँ ।’

देशको अर्थतन्त्रको अवस्था संकटमा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले साधारण खर्चमा मितव्ययीता ल्याउनुपर्ने बताए ।

साथै पुनः राजस्वलाई सुधार गर्ने र करदाताहरुलाई दवाव दिनुभन्दा फराकिलो किसिमले सोचेर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?