खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

लोकपथ
133
Shares

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाएका छन् ।

शुक्रबार दिउँसो खानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

जनमत पार्टीबाट सरकारमा सामेल खानले मन्त्रिपरिषद् विस्तार हुँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेका थिए । सो मन्त्रालय भागबण्डामा नपरेपछि उनले राजीनामा दिएका हुन् । एक मन्त्रालय पाएको उनको दललाई सोही खानेपानी मन्त्रालय नै दिने निर्णय सरकारले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?